सामूहिक बलात्कार गर्ने चारजनालाई फाँसीको सजाय


 


नयाँ दिल्ली, वैशाख २२

भारतीय सर्वौच्च अदालतदले शुक्रबार सन् २०१२ मा भएको सामूहिक बलात्कार र हत्या काण्डका चार व्यक्तिलाई मृत्यु दण्डको सजायलाई समर्थन गरेको छ ।

सन् २०१२ को डिसेम्बरमा नयाँ दिल्लीस्थित एक २३ वर्षीया विद्यार्थिलाई सामुहिक बलात्कार र हत्याको प्रयास भएको थियो । यस घटनापछि अस्पताल भर्ना भएकी ती विद्यार्थीको केही दिनपछि मृत्यु भएको थियो ।

मृत्यु दण्डको सजाय सुनाइएका ती चार अपराधीले मृत्यु दण्डविरुद्ध अदालतमा अपिल गरेका थिए । सोही अपिलको सुनवाईको क्रममा आज अदालतले मृत्यु दण्डको समर्थनमा निर्णय गरेको हो । रासस/एएफपी

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्