बाबुछोरा चुनावी मैदानमा


 


डोल्पा, वैशाख २२

डोल्पाको एक नगरपालिको वडा अध्यक्ष पदका लागि बुबाछोरा चुनावी मैदानमा उत्रेका छन् ।

जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाका अनुसार ठूलीभेरी नगरपालिकास्थित वडा नं २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)बाट छोरा मानव रोकाय उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)बाट सोही पदमा बुबा देवी रोकाय उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्