प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च फर्कने


 


काठमाडौँ, वैशाख २२

प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालत फर्कने भएका छन् । उनले आइतबारबाटै आफ्नो कार्यभार फेरि सुरु गर्ने सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।

सर्वोच्चले शुक्रबार कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि अन्तरिम आदेश जारी गर्दै उनलाई तुरुन्त काममा फर्कने आदेश दिएको थियो।

आज कार्यालय समय सकिएको र भोलि शनिबार परेकाले कार्कीले आइतबार मात्र सर्वोच्च आएर कार्यभार सम्हाल्ने बताइएको  छ ।प्रधान्यायाधीश कार्कीको म्याद जेठ २४ गतेसम्म छ ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्