१४ बैंकको नाफा १८ अर्ब, कुन बैंकले कति कमाए ?


 


काठमाडौं, वैशाख २२

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ वटा वाणिज्य बैंकले १७ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष यस अवधिमा १४ वटा वाणिज्य बैंकले १२ अर्ब ८२ करोड नाफा गरेका थिए ।

१४ वटा वाणिज्य बैंकको नौ महिनाको अपरिस्कृत वित्तीय विवरणअनुसार हाल कमाएको नाफा गएको वर्षको यसै अवधिको तुलनामा ३९ प्रतिशत बढी हो । चालू आवको यस अवधिमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा गर्ने वाणिज्य बैंकको संख्या नौ छ ।

चालू आवको नौ महिनामा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले तेस्रो त्रैमाससम्म दुई अर्ब ६८ करोड नाफा कमाएको छ । गएको वर्ष यो बैंकले दुई अर्ब पाँच करोड नाफा कमाएको थियो ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड चालू आर्थिक वर्षको प्रथम नौ महिनामा दुई अर्ब ४६ करोड खुद नाफा गरेर दोस्रो स्थानमा पुगेको छ । यस बैंकले चालू आर्थिक वर्षमा करिब ३२ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षमा यसले एक अर्ब ८३ करोड खुद नाफा गरेको थियो ।

एभरेस्टले एक अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब २० करोडको नाफा गरेको थियो ।

ग्लोबल आईएमई बैंकले एक अर्ब ४७ करोड नाफा कमाउँदै तेस्रो स्थान सुरक्षित गरेको छ । यो बैंकले गत आवको सोही अवधिमा जम्मा एक अर्ब तीन करोड कमाएको थियो ।

प्रभु बैंकले चालू आवको तेस्रो त्रैमाससम्म एक अर्ब ४४ करोड खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यो अवधिमा पौने ७६ करोड खुद नाफा कमाएको छ ।

एनएमबी बैंकले पनि एक अर्ब २३ करोड नाफा कमाएको छ । यसले गत आवको सोही अवधिमा ७७ करोड नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैंकले चालू आर्थिक वर्षको प्रथम नौ महिनामा एक अर्ब पाँच करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले बढी हो । माछापुच्छ्रे बैंकले पनि एक अर्ब पाँच करोड नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधिमा जम्मा ६२ करोड नाफा कमाएको थियो ।

एनआईसी एसिया बैंक पनि एक अर्ब १३ करोड नाफा कमाउन सफल भएको छ । यो बैंकले गत आवको नौ महिनासम्मा जम्मा ७५ करोड मात्रै नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकले पनि एक अर्ब १३ करोड नाफा आर्जन गरेको छ । यो बैंकले गत आवको नौ महिनामा भने जम्मा ७८ करोड मात्रै नाफा आर्जन गरेको थियो ।

नौ महिनामा सानिमा बैंकले ९७ करोड नाफा कमाएको छ । गत आवको नौ महिनामा यसले ६७ करोड नाफा कमाएको थियो ।

यस्तै, सिटिजन्स् बैंक इन्टरनेसनलले ८७ करोड नाफा कमाएको छ । यसले अघिल्लो आवको सोही अवधिमा ७२ करोड नाफा गरेको थियो ।

नेपाल बंगलादेश बैंकको नाफा पनि ८२ करोड पुगेको छ । गत आवको नौ महिनामा यसले ७० करोड नाफा गरेको थियो ।

सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २१.८० प्रतिशत बढी हो ।

लक्ष्मी बैंकको खुद नाफा २९ प्रतिशतले वृद्धि भएको छ । बैंकले चैत मसान्तसम्ममा ५६ करोड ९१ खुद नाफा गरेको छ । गएको वर्ष सोही अवधिमा ४४ करोड रुपैयाँ नाफा कमाएका थियो ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्