भोजपुरका अागलागी पीडितलार्इ हङकङबाट अार्थिक सहयोग


 


भोजपुर, वैशाख २२

गत मंसिर ५ गते  भोजपुर सदरमुकाममा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । भोजपुर हङकङ समाजले एक कायक्रम गरी आगलागी पीडितलाई राहत वितरण गरेको हो।

समाजले हङकङमा बस्दै आएका नेपालीहरुबाट संकलित २ लाख २५ हजार रकम पीडितलाई वितरण गरेको छ । प्रति परिवार २८ हजार १ सय २५ का दरले समाजका सदस्य धुव्र पाख्रिनले पिडित ८ घर परिवारलाई वितरण गरेका थिए ।

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्