फिफा वरियता : नेपाल ३ स्थान तल ओर्लियो


 


काठमाडौं, वैशाख २१

फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ स्थानमा पुगेको छ ।

यसअघि नेपाल १ सय ७० औँ स्थानमा थियो । दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा एक स्थान सुधार गरेको भारत १०० औँ स्थानमा छ ।

त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५२ औँ, अफगानिस्तान १ सय ५४ औँ स्थानमा, भुटान १ सय ६४ औँ र बङ्गलादेश १ सय ९३ औँ स्थानमा छ । यस्तै श्रीलंका १ सय ९७ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् ।

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्