५ महिने बच्चालाई दूध दिइरहेकी आमामाथि सेनाले गर्‍यो बलात्कार, बलात्कारपछि जिउँदै जलाइयो


 


south-sudan-one-yearसुडान, असार १७

दक्षिण सूडानमा जारी सशस्त्र संघर्ष नयाँ बाटोमा प्रवेश गरेको छ ।

संयुक्त राष्ट्रको एक नयाँ रिपोर्टमा दाबी गरिएको छ की दक्षिण सूडानमा सैन्य बलहरुले महिलाहरुको अस्मिता हरण गरेका छन्, उनीहरुसँग सामूहिक बलात्कार गरेका छन् र उनीमध्ये कैयौंलाई जिउँदै जलाएका छन् ।

यूएनको रिपोर्टमा भनिएको छ–‘दक्षिणी सूडानको जघन्य अझै तेज गतिमा हिंसाको बेला कम्तीमा पनि १७२ महिला हिंसाको सिकार भएका छन् । साथै ७९ युवती र महिलामाथि सेनाबाट यौन उत्पीडन भएको छ ।’

रिपोर्टका अनुसार दक्षिणी सूडानको उत्तर क्षेत्रमा रहेको ‘यूनिटी’ रिजनमा पछिल्लो १८ महिनादेखि गृहयुद्ध चलिरहेको छ । अप्रिलमा यहाँ दोस्रो पटक हिंसा सुरु भएको छ जसको परिणाम स्थानीय सर्वसाधारणले भोगिरहेका छन् ।

रिपोर्टमा दाबी गरिएको छ–‘मानव अधिकारका लागि काम गर्ने अधिकारीमाथि गम्भीर आरोप लगाइएको छ कि महिला र युवतीलाई सहयोग गर्ने बहानामा उनीहरुसँग यौन दुर्व्यवहार गरेका छन् । यौन दुव्र्यवहार गरिएका कतिपय महिला र युवतीलाई उनीहरुकै घरमा जिउँदै जलाएर मारेका छन् ।’

रिपोर्टमा यस्ता ९ घटना उल्लेख गरिएका छन् जसमा महिलाहरलाई सेनाहरुले सामुहिक बलात्कार गरी उनीहरुलाई उनकै घरमा जलाइदिएका छन् । एउटा घटना त यस्तो पनि छ कि जसमा ५ महिने शिशुलाई दूध खुवाइरहेकी आमामाथि सरकारी सुरक्षा बलका अधिकारीले सामुहिक बलात्कार गरे । बलात्कारपछि आमा र बच्चालाई जिउँदै जलाए ।

संयुक्त राष्ट्रको यो रिपोर्टमा ११५ पीडित तथा बचेका महिलाहरुको इन्टरव्यू लिइएको थियो । दक्षिणी सूडानमा विभिन्न देशमा सेना शान्ति मिसनमा तैनाथ छन् ।

एजेन्सी

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्