संसद् बैठक स्थगित


 


काठमान्डौ, बैशाख २१

व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्