राष्ट्रपति र सभामुख विच भेट, के-के भयो कुराकानी ?


 


काठमान्डौ, बैशाख २१

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ती विच भेटवार्ता भएको छ । भेटवार्तामा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको थियो ।

राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती आज दिउँसो शीतलनिवास पुग्नुभएको थियो । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी उहाँ राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुग्नुभएको थियो ।

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको थियो ।

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्