विमलेन्द्र निधिले राजीनामा फिर्ता लिए


 


काठमाडौँ, २१ वैशाख

विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । अब निधिले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र निधीबीच बिहीबार विहान छलफल भएको थियो । उक्त बैठकमा प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा र्फकन आग्रह गरेका थिए ।

गृहमन्त्रीबारे नै बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उक्त छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्