द्धन्द्धमा विरामी परेको रोल्पा, आगामी चुनावमा औषधि खादै !


 


  • दिलिप कुवँर

२०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर तत्कालिन माओवादीले जनयुद्धको सुरुवात गरे सँगै रोल्पा सधै चर्चाको विषय बनिरह्यो ।

१० वर्ष सम्म निरन्तर संघर्ष गरेर रोल्पालाई जनयुद्धको आधार ईलाका बनाईयो । जसले गर्दा हजारौ सहिद भए, हजारौ घाईते भए, कयौ अपाङ्ग भए , कयौ टुहुरा बने त कयौ एकल बने र कयौ विस्थापित भए ।

वर्ग सघंर्ष र मुक्तीको लागी भन्दै रोल्पालाई युद्धको केन्द्रविन्दु बनाएर हजारौ रोल्पाली हरु युद्धमा होमिए । गास, बास र कपास नभनी, आफ्ना छोरा–छोरी, दाई–भाई, श्रीमान–श्रीमती र सन्तान नभनी रोल्पालीहरुले गोला बारुद खेलाउन थाले ।

प्रत्येक घरमा खानेपानी आउछ, नजिकै स्वास्थ्य चौकि हुन्छ, नजिकै विद्यालय हुन्छ, सबैले रोजगार पाउछन्, कोहि कहिल्यै भोकले अकालमै मर्नु पर्दैन भन्ने जस्ता विभिन्न एजेण्डा लिएर तत्कालिन सरकारको विरुद्धमा माओवादीले बन्दुक उठायो । जसको प्रत्यक्ष पात्र बने रोल्पाली महिला तथा पुरुषहरु ।

माओवादीले रोल्पाबाट बन्दुक उठाएर देशभर आफुलाई विस्तार गर्यो । रोल्पाली जनतालाई अग्र मोर्चामा उभ्याई आन्दोलनलाई उचाईमा पु¥यायो । २०६३ साल मंसिर ५ गतेको बिस्तृत शान्ति सम्झौतासँगै माओवादी शान्ति प्रक्रियामा आएपछि भने गोला बारुद खेलाएर थालेको रोल्पालीहरुको हातले विश्राम पाए । पार्टी विभाजन पछि ३ वटा माओवादीले जिल्लामा आ–आफ्नो वर्चस्व रहेको दाबी गर्दै आएका छन् ।

थवाङ र आगामी स्थानिय चुनाब

रोल्पाको नाम सुन्न वित्तिकै जो कोहिले पनि थवाङलाई सम्झन्छ । कारण, युद्धको ऐतिहासिक गाँउ हो– थवाङ । थवाङमा कम्युनिष्ट जन्मदाको ईतिहासलाई हेर्ने हो भने वि.सं २०१२ मा कम्युनिष्टको ‘क’ भित्रिएको थियो ।

थवाङमा हुनेखाने (मुखिया) हरु बदलिने क्रम सँगै कम्युष्टिको सैद्धान्तीक विचारमा पनि परिमार्जित हुदै आयो । जसको कारण थवाङनै कम्युनिष्टको वाहनामा माओवादीको चेपुवामा पर्यो ।

कम्युनिष्टका विभिन्न कार्यकर्ताले रोल्पामा आफ्ना वर्चस्व जमाउने शिलशिलामै २०३८ सालमा रित्तो मतपेटिका फिर्ता भएको थवाङमा २०५६ मा हेलिकप्टर मार्फत पुगेका २ जनाले मात्र मतदान गरे । २०५४ मा झनै चुनावै भएन ।

अध्यक्ष र उपाध्यक्ष सदरमुकामबाटै घोषणा गरियो भने २०५१ मा ४ मत मात्र खसेको थियो । २०३९ सालको स्थानीय चुनावमा बिरोधमा कोहि उठ्न खोज्दा समर्थक र प्रस्तावक नपाएपछि अध्यक्ष र उपाध्यक्ष मात्र प्रतिस्प्रर्धामा आए ।

विस्तारै युद्धको प्रभाव परेपछि प्रचण्डले पनि थवाङबाटै आफ्नो राजनितिक यात्राको ‘रियल फेस स्टार्ट’ गरे ।

द्न्दको बेला परिकल्पना गरिएको थवाङ गाउँ

थवाङलाई सधै राज्यले ‘राज्य विद्रोही’ को संज्ञा दियो । अघिल्ला चुनाबहरुमा शुन्य मतकै परिणाम दिएकै कारण थवाङ राज्यकै प्रतिपक्ष र अपवाद बन्यो । आगामी साल बैशाख ३१ गते हुने भनिएको स्थानयि तहको चुनाव प्रति पनि थवाङीहरु नकारात्मक देखिएका छन् ।

आगामी स्थानिय चुनाब खारेज गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टिले देशैभर आफ्नो गतिविधि अगाढि वढाईरहेको बेला प्रचण्ड नेतृत्वको सरकारलाई स्थानिय तहको चुनाब सम्पन्न गर्न हम्मे हम्मे परेको छ ।

त्यसैमाथि, प्रधानन्यायधिश शुसिला कार्कि माथि महाअभियोग लगाईनु, सरकारका गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिनु, राप्रपाले सरकारबाट बाहिरिने निर्णय गर्नु लगाएका समसामायिक अप्रिय घटनाले आगामी चुनाबमा चुनौती थपिएको छ ।

थवाङीहरुलाई प्रयोग गरेर धेरै नेता तथा कार्यकर्ताहरुले आज देश चलाईरहकै कारण आगामि चुनाबमा पनि आफुहरु चुनाब खारेजमा उत्रिएको थवाङीहरुको भनाई छ ।

थवाङीहरुलाई दिईएको आश्वासन आजसम्म आश्वासनमै सिमित रहेकोका आफुहरुले चुनाव बहिष्कार परिणिति अपनाएको थवाङीहरुको स्वीकारोक्ति छ ।

उसो त, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टिको अखडा मानिने थवाङमा केहि महिना अघि मात्रै नेपाली कांग्रेस र नेकपा एमाले गाउ ईकाई कमिटि गठन गरिएको छ । जस्ले आगामी चुनाबमा थवाङीहरु विचपनि प्रतिस्पर्धा थपेको छ ।

नयाँ ईतिहास रचेरै चर्चामा आएको थवाङ, अब भने कसरी अघि बढ्छ ? त्यो त आगामी चुनाबपश्चात नै थाहा होला ! तर, यसपटक हुन गईरहेको स्थानीय तहको चुनाबमा युद्धताको बेला विरामी परेको रोल्पाको घाउमा जसले औषधीको रुपमा काम गर्न सक्छ, त्यसै उम्मेद्वारलाई आफ्नो भोट दिने रोल्पालीहरुको अठोट छ ।

रोल्पालीको नमिठो अतित

१० वर्षे शसस्त्र युद्धताको बेला रोल्पाका १ हजार २७ जनाले ज्यान गुमाए । १ सय ६ जना अझै वेपत्ता छन् । ७ सय ७४ जना घाईते अपाङ्ग छन् ।

२ सय ५० जना अझै उपचारकै क्रममा छन् । २ सय ४१ जना वालवालिका टुहुरा बने । १ हजार ९ सय ८४ जना अपहरणमा परे त ५ हजार ३ सय ३८ जनाको सम्पत्ति लुटियो ।

४ सय २१ परवारको भौतिक संरचना ध्वस्त भए भने २ सय ८७ कैद हिरासतमा बसे । दुवै पक्षको यातनाबाट ४ हजार ७१ जना विस्थापित भएर यत्रतत्र छरिए ।

शान्ति प्रक्रियापछि माओवादीले यो समयमा ३ पटक सरकारको नेतृत्व समेत गरिरहेको छ । तर, द्वन्द्वपीडितको घाउमा मलम लगाउने कुनै पर्याप्त कदमको संकेत भने देखिएको छैन ।

प्रचण्डले रोल्पालाई आफ्नो मुठ्ठीमा लिएर पहिलो संविधान सभाबाट सत्तामा त पुगे , तर उनले रोल्पा छोडे लगत्तै रोल्पालाई बिर्सिएको रोल्पालीहरुको आरोप छ ।

आफुहरुलाई प्रचण्डले भर्याङको रुपमा प्रयोग गरेर प्रचण्ड सत्तामा पुगेको रोल्पालीहरुको आरोप छ । प्रचण्डले गाउँलेलाई स्वीटजरल्याण्डको सपना देखाएर सत्तामा त पुगे, तर रोल्पावासी भने अहिले प्रचण्डको विपरित बाटोमा उत्रिएका छन् ।

प्रचण्ड सँग रुष्ट हुन पुगेका रोल्पाली र अझै विषेशत थवाङीले प्रचण्डलाई छाडेर मोहन बैद्य किरणलाई पछ्याउन पुगेका थिए । तर, अहिले बैद्यलाई छाडेपछि थबाङ नेपाल कम्युनिष्ट पार्टि (नेत्रबिक्रम चन्द विप्लव माओवादी) मा लागेको छ ।

उसो त नेपाल कम्युनिष्ट पार्टि (नेत्रबिक्रम चन्द विप्लव माओवादी) को केन्द्रिय समितीको महाधिवेशनमा उदघाटन सत्र काठमान्डौ खुल्ल मञ्चमा र बन्दसत्र रोल्पाको थवाङमा सम्पन्न भईसकेको छ ।

स्थानीय शान्ति समिति, रोल्पाको रेर्कड हेर्ने हो भने १५ हजार ४ सय २६ जना पीडितले राहतका लागि फारम बुझाएको पाउन सकिन्छ तर राज्यले मृतक, वेपत्ता र केहि लाई थोरै रकम दिएर पन्छाएको जस्तो गरेको पाईन्छ भने कतिपय पीडितहरु त झन सम्बोधनको सिमामा नै परेका छैनन् ।

त्यसमा अहिलेको माओवादी सरकारे को भुमिका के हुने ? अब फेरि देशमा युद्ध गर्नुपर्ने स्थिती आए रोल्पाली जनताले पहिलेझै साथ देलान त ? सबै माओवादीलाई गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

रोल्पालाई युद्धले थला त पार्यो नै, तर केहि हद सम्म आफ्नो फरक पहिचान स्थापीत गर्नमा पनि मद्धत गर्यो । रोल्पाले कयौ नेता, नेतृ जन्मायो तर विकास जन्माएन भन्ने रोल्पालीहरुको गुनासो छ । अब, रोल्पालीहरु युद्ध चाहदैनन् । यद्यपी, उनीहरु अब आफ्नै पौरख र पसिनाले देश समृद्ध बनाउन चाहन्छन् ।

Facebook

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्