आइएसको आक्रमणमा परि कम्तिमा ३० जनाको मृत्यु


 


काठमान्डौ, बैशाख २०

बिद्रोही संगठन इस्लामिक स्टेट आइएस ओ को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ ।

इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ ।

विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो ।

आइएसका लडाकुले सिरियन डेमोक्र्याटिक फोर्सेस् एसडिएफका लडाकुसँग पनि संघर्ष गरेका छन् । एसडिएफले आइएसविरुद्ध कारवाही अभियान गर्दै आएको छ ।
मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका पाँचजना आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराएको र त्यसमा परि ३८ जनाको ज्यान गएको जनाएको छ ।

त्यसमध्ये २३ जना सर्वसाधारण नागरिक छन् । घटनामा अन्य ३० जना घाइते भएका छन् ।

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्