रेफ्रिको नाक भाँच्ने पोर्चुगलका खेलाडीलाई चार वर्षको प्रतिबन्ध


 


काठमान्डौ, बैशाख २०

पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ ।

एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएपछि रेफ्रि जोसे रोड्रिग्वेजले रातो कार्ड देखाएका थिए ।

त्यसपछि मार्को रेफ्रि जोसोको अनुहारमा घुँडाले हानेका हुन् । यसले गर्दा रेफ्रि जोसेको नाक भाँचिएको थियो ।

रेफ्रिलाई हिर्काएपछि उनलाई प्रहरीले मैदानबाट लगेको थियो । रेफ्रिलाई हिर्काएकोमा चार वर्ष तथा अपमान गरेकोमा दुई महिना र विपक्षी खेलाडीलाई हिर्काएकोमा तीन महिना गरी उनीमाथि चार वर्ष पाँच महिनाको प्रतिबन्ध लागेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्