पार्टिको दिशा विपरित चलेको भन्दै माओवादी सांसद घिसिङलाई पार्टीद्धारा निस्कासित


 


काठमान्डौ, बैशाख २०

सांसद योगेन्द्र घिसिङलाई आफ्नै पार्टिले निस्कासित गरेको छ । नेकपा माओवादी केन्द्रले नेता घिसिङलाई साधारण सदस्य समेत नरहने गरी निस्कासित गरेको हो । उनी माओवादी केन्द्रका समानुपातिक सांसद हुन् ।

ललितपुरका बिभिन्न गाउँपालिकामा पार्टीको नीति र निर्देशनविपरित आफू निकटकालाई उम्मेदवारी दिन लगाएकाले उनलाई पािर्टबाट निष्कासित गरिएको एक नेताले जानकारी दिए ।

बुधबार बसेको ललितपुर जिल्ला कार्यसमितिको बैठकले घिसिङलाई निस्कासित गरेको हो। घिसिङ माओवादीको ललितपुर जिल्ला समिति सदस्यसमेत हुन् ।

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्