कहाँ कुन-कुन दलबीच तालमेल भयो ?


 


काठमाडौं, वैशाख २०

तीन प्रदेशका २ सय ८३ स्थानीय तह निर्वाचनका लागि मंगलबार भएको उम्मेदवारी दर्तामा चुनावी उत्साह देखिएको छ ।

विभिन्न संशय चिर्दै झन्डै १४ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लामा वैशाख ३१ गते हुने निर्वाचनबाट १३ हजार ५ सय ५६ जना निर्वाचित हुँदैछन् । ४ वटा प्रदेशमा भने जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुँदैछ। आजकोअन्नपूर्णबाटका अनुसार निर्वाचन आयोगले ३ वटै प्रदेशमा उम्मेदवारी मनोनयनपत्र दर्ताकार्य शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएकाले आयोग उत्साही भएको बताए।

‘निर्वाचनमा देखिएको उत्साहले निर्वाचन आयोगले खुसी र गौरव महसुस गरेको छ’, यादवले भने, ‘यसैगरी मतदानकार्य गराउन आयोग आतुर छ ।’

कहाँ कुन दलबीच तालमेल ?

काठमाडौं महानगरपालिका : एमाले र राप्रपा, संघीय समाजवादी र नयाँ शक्ति
मध्यपुर भक्तपुर : एमाले र नेमकिपा
लमजुङ : एमाले र माओवादी केन्द्र
तनहुँ : एमाले र माओवादी केन्द्र
बागलुङ : एमाले र राष्ट्रिय जनमोर्चा
सिन्धुपाल्चोक : एमाले र राप्रपा
दोलखा : कांग्रेस र माओवादी केन्द्र
मकवानपुर : कांग्रेस र माओवादी केन्द्र
म्याग्दी : कांग्रेस र राप्रपा

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्