हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा एक मात्र महिला उम्मेदवार


 


हेटौँडा, वैशाख १९

हेटौँडा उपमहानगरपालिकामा एक मात्र महिला उम्मेदवारको नाम दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्र का पोलिटब्युरो सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तनले प्रमुख पदका लागि उम्मेदवारी दिनुभएको हो ।

अन्य दलहरुमा महिला उपप्रमुखमा मात्र सिमित भएका छन् भने वडामा पनि अध्यक्षमा पुरुषको मात्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्