अख्यितार प्रमुखमा बस्न्यातको नाम सिफारिस


 


काठमाडौँ, वैशाख १९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातको नाम सिफारिस गरिएको छ ।

१९ वैशाखमा बसेको संवैधानिक परिषदको वैठकले अख्तियारमा कार्यवाहक प्रमुख आयुक्त रहेका बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको नियुक्ति बदर गरेपछि बस्न्यात कार्यवाहक प्रमुख आयुक्त भएर काम गर्दै आएका थिए ।

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्