नेपाली पर्दामा कस्तो छ बाहुबली-२ को व्यापार ?
बलिउड बक्स अफिसमा धमाकेदार सुरुवात गरेको फिल्म ‘बाहुबली द कनक्लुजन’ले नेपालमा पनि राम्रो व्यवसाय गरेको छ । बाहुबली २ गोपी कृष्ण मुभिजले नेपालमा भित्र्याएको हो।
गोपिकृष्णका तिर्थ पौडेलका अनुसार बाहुबली सिक्वेलले देशभरका एक सय तिस पर्दाबाट ५ करोड ४० लाख नेट कलेक्शन गरेको हो ।
बाहुबली २ का कारण यो हप्ता सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा अन्य नयाँ तथा पुरानो फिल्मले शो पाएका छैनन् । पछिल्लो चार दिनसम्मको शोहरु हाउसफूल रहदै आएका छन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिन ३ करोड र दोस्रो दिन ४ करोडको ग्रस कलेक्शन गरेको बताइएको छ।
प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार