महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन


 


काठमाडौँ, वैशाख १८

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज नागरिक समाज सञ्जालले माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

‘प्रतिशोधपूर्ण महाअभियोगविरुद्ध नागरिक समाज सञ्जाल’को नेतृत्वमा निस्केको सो ¥यालीमा साझा पार्टी, विवेकशील नेपाली दल र नागरिक समाजलगायत प्रतिनिधिको सहभागिता थियो ।

दृढ वन सुशीला, हामी तिम्रो साथमा छौँ, न्यायपूर्ण लोकतन्त्र कायम गर, प्रतिशोधपूर्ण महाअभियोग खारेज गरियोस् भन्नेजस्ता नारा लेखिएका प्लेकार्ड बोकेर माइतीघर मण्डलाबाट सुरु भएको सो ¥याली बबरमहल हुँदै नयाँ बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भयो ।

सभामा अधिकारकर्मी डा रेणु राजभण्डारीले निर्भिक, निडर रुपमा न्याय सम्पादन गरिरहेकी प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता गराउनु स्वतन्त्र न्यायप्रतिको हमला भएको हुँदा उक्त प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्