प्रहरी संगठनको शिर निहुरिएको दिन


 


काठमाडौँ, वैशाख १८

२०६८ जेठ २४  । प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो । अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो। कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए।

त्यो पनि द्धन्द्वग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामाग्रीमा ।

संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुक सुडानमा शान्ति स्थापनार्थ खटिएका प्रहरीका लागि प्रहरी कल्याण कोषबाट भएको ४५ करोडको खरिदमा २८ करोड भ्रष्टाचार भएको दी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मद्दा दायर गरेको थियो।

अहिले नेपाल प्रहरीको २५ औं आइजिपी नियुक्ति विवाद सर्वोच्चमा विचाराधिन छ । यही बेला सर्वोच्चले सोही संगठनका पूर्व तीन प्रमुखले भ्रष्टाचार गरेको ठहर गर्दै जेल पठाउने पक्का गर्‍यो।

सर्वोच्चको आइतबारको फैसलापछि नेपाल प्रहरीका १९ औं २० औं र २१ औं आइजिपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी जेल जाने पक्का भएको छ । नागरिक

प्रकाशित मिति: १८ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्