राजनीतिले लियो नयाँ मोड, राप्रपाले सरकार छाड्ने


 


काठमाडौं, वैशाख १७

प्रधानन्यायधीश सुशीला कार्की विरूद्द महाभियाेग प्रस्ताव दर्ता भएपछि नेपाली राजनीतिले नयाँ माेड लिन थालेको छ । सत्तारूढ दलका उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले राजिनामा दिइसकेका छन् भने सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएको छ ।

राप्रपा स्राेतका अनुसार भाेलि सोमबार सरकार छाड्ने तयारी भएकाे छ । जसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक राप्रपाले बाेलाइसकेकाे छ ।

स्राेतका अनुसार स्वतन्त्र न्यायापालिकामा हस्तक्षेप गरेको भन्दै राप्रपाले सरकार छोड्न लागेको हाे । राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग प्रस्तावको विरोध गरेका छन् भने महाअभियोग प्रस्ताव न्यायीक स्वतन्त्रता माथिको अम्भीर आक्रमण भएको बताएका छन् ।

यस्ताे छ थापाकाे ट्विट

‘प्रन्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण। न्यायीक स्वतन्त्रतामाथि गंभीर आक्रमण।‘

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्