सैन्य विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु


 


काठमाडौं, बैशाख १७

क्यूवाको आर्टे्िमसा प्रान्तको पश्चिमी पहाडि क्षेत्रमा सैन्य विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सात जना सेना र एक जना पायलट रहेका छन् ।

ट्वीन इन्जिन ए एन–२६ विमान राजधानी हवाना नजिकै प्लाया बाराकोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको सैन्य विज्ञप्तिमा जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्