आज पनि देशका धेरै ठाउँमा पानी पर्ने


 


काठमाडौं, वैशाख १७

आइतबार पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । दिउँसो २–३ बजे पछि पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए । पश्चिमी न्यून चापिय प्रणालीका कारण पानी परेको उहाँले बताए ।

काठमाडौंसहित पश्चिम र पूर्वी क्षेत्रमा दिउँसोपछि पानी पर्ने उहाँले जानकारी दिए । अहिले काठमाडौंको मौसम सफा छ । तर अहिले घाम लागे पनि बेलुकापख पानी पर्ने अनुमान गरिएको हो ।

शनिबार पोखरामा सबैभन्दा धेरै पानी परेको थियो । त्यहाँ १० दशमलव ५ मिलिमिटर, काठमाडौंमा ८ दशमलव ५, ताप्लेजुङमा ९ दशमलव ५, ओखलढुंगामा ६ दशमलव ९ मिलिमिटर पानी परेको जल तथ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्