चार हजार सरकारी कर्मचारी बर्खास्त


 


काठमाण्डौ, वैशाख १७
टर्की सरकारले झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ । गएको वर्षको जुलाईमा भएको असफल सैन्य कुको प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्कीले बर्खास्त गरेको बिबिसीले जनाएको छ ।

ती सबैलाई गएको जुलाईमा भएको असफल सैन्य कुको प्रयासमा साथ दिएको आरोप छ । बर्खास्तमा पर्नेमा न्याय मन्त्रालय अन्तर्गत कार्यरत एक हजार तथा एक हजार सैनिक अधिकारी रहेका छन् ।

यस्तै लडाकु विमानका एक सय भन्दा धेरै पाइलट पनि बर्खास्त भएका छन् । टर्की सरकारले टिभी डेटिङ शोमाथि पनि प्रतिबन्ध लगाएको छ । यसैगरी अनलाई इनसाइक्लोपेडिया विकिपेडीयामाथि पनि टर्कीमा प्रतिबन्ध लागेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्