फिलिपिन्समा ६.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प


 


मनिला, वैशाख १६

फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)का अनुसार ६.८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयाँै भवन क्षतिग्रस्त भएका छन् ।

सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४ः२३ मा आएको थियो । यस भूकम्पको केन्द्रविन्दु मिन्दानाओ द्विपको वरपरको इलाकामा ४१ किलोमिटर गहिराईमा रेहको युएसजिएसले जानकारी दिएको छ ।

यसअघि गत अप्रिल १२ मा मध्य मिन्दानाओ प्रान्तमा आएको ६.० रिक्टर स्केलको भूकम्पको कारण कैयाँै भवन क्षतिग्रस्त भएका थिए ।

त्यसैगरी गत फेब्रुअरीमा मिन्दानाओ प्रान्तको सुरिगाओ सहरमा आएको ६.५ रिक्टर स्केलको भूकम्पमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५० जना घाइते भएको थिए ।

गत महिना आएको ५.९ रिक्टर स्केलको भूकम्पमा परी एक व्यक्तिका मृत्यु भएको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्