एक किलो सुनसहित तीन पक्राउ


 


सुरुङ्गा (झापा), वैशाख १६

प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन । सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो ।

यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्