आगलागीमा ६० घर जलेर नष्ट


 


खजुरा (बाँके), वैशाख १६

जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ । एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यहाँका स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।  आगलागीबाट भएको क्षति विवरण पूर्ण रुपमा नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्