जिप नदीमा खस्दा तीनको मृत्यु, ११ जना घाइते


 


रुकुम, वैशाख १५

यहाँ आज अपराह्न एक जिप ठूलोभेरी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग१ज २०६ नंको जिप दुर्घटनामा ११ जना घाइते भए ।

घटनामा चौरजहारी नगरपालिका– ८ का एकवर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेत तथा एक जना परिचय नखुलेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो ।

आठबिसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जिप दुर्घटनामा परेको हो । क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । उन्नाइस यात्रु सवार जिप सडकभन्दा करिब १५० मि तल नदीमा खसेको थियो ।

घाइतेलाई जिल्ला अस्पताल जाजरकोट र केहीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको बताइएको छ । बेपत्ताको खोजी जारी छ । फरार जिप चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्