फ्रान्सका राष्ट्रपतिको साथ म्याक्रोनलाई हुने


 


पेरिस (फ्रान्स), वैशाख १२

फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले सोमबार एक राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा आफ्नो समर्थन युरोपिया युनियन (ईयू) पक्षधर मध्यपन्थी नेता इम्यानुएल म्याक्रोनलाई हुने बताउनुभएको छ ।

आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार म्यारिन ले पेन विजय हुनु फ्रान्सका लागि खतरा हुने अलान्दले टेलिभिजनद्वारा प्रशारित एक विज्ञप्तिमा बताउनुभयो ।

राष्ट्रपति अलान्दले विज्ञप्तिमा भन्नुभएको छ, फ्रान्स यदि ईयूविरोधी ले पेन राष्ट्रपति भएमा फ्रान्स ईयूबाट एक्लिने सम्भावना रहेको यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभएको छ ।

त्यसैले राष्ट्रका हितका लागि र फ्रान्स–ईयूबीचको सम्बन्ध यथावत राख्नका लागि मेरो मत आगामी चरणमा म्याक्रोनलाई दिने निर्णय लिएको छु ।

फ्रान्समा पहिलो चरणको निर्वाचन आइतबार भए पनि यसबाट राष्ट्रपतिका लागि आवश्यक पर्ने मत कसैको पनि आउने देखिएको छैन । रासस/एएफपी

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्