अल्ट्रा धाविका मीरा राईलाई ५० हजार नगद सहित सम्मान


 


इटहरी, वैशाख १२

किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ ।

किरात राई यायोक्खाको तयारारिप्ची भवनमा भएको सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले उक्त नगद पुरस्कारसहित सम्मानपत्रबाट मीरा राईलाई सम्मान गरिएको हो ।

नेता किरातीले अल्ट्रा धाविका राईलाई रु ५० हजार नगद एवम् सम्मानपत्र प्रदान गर्नुहुँदै राईले सानै उमेरमा पु¥याउनुभएको योगदान नेपालका लागि उच्च मूल्याङ्कनयोग्य रहेको कुरामा जोड दिनुहुँदै एक आदिवासी जनजाति किशोरीले विश्वमा नै धाविका बनेर नेपाल चिनाउने साहसिक काम गरेकोमा गौरव गर्नु पर्दछ भन्नुभयो ।

नेसनल ज्योग्राफी एन्ड नेचर एडभेन्चर्स अफ द इयर–२०१६ की बिजेता भोजपुरकी मीरा राईलाई सम्मान गर्न पाउनु पनि गौरवको विषय भएको उल्लेख गर्नुहुँदै नेता किरातीले मीरा राईप्रति हामी नेपालीले गौरव गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

किरात मञ्च नेपालले किरात राई सुन्नीमा सङ्घ, सुनसरी, किरात राई यायोक्खा प्रारम्भिक कार्य समिति, सुनसरी र किरात राई सुन्नीमा प्रारम्भिक कार्य समिति, सुनसरीले उहाँलाई सम्मान गरेको हो । रासस

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्