सीता एयरको विमान दुर्घटनाबाट जोगियो


 


सल्लेरी (सोलुखुम्बु), वैशाख १०

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।

आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १० बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्