सत्तारुढ दल र मधेसी मोर्चाबीच स्थानीय चुनाव दुई चरणमा गर्ने सहमति
काठमाडाैं, वैशाख ९
सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ ।
सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको छ । तर, प्रक्रियामा सहमति जुट्न बाँकी छ ।
यसबारे भोलि मन्त्रिपरिषद्ले निर्णय लिनेछ । साथै दुई चरणमा चुनाव गर्ने सहमति भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार पहिलो चरणको चुनाव बैशाख ३१ मै हुनेछ भने दोस्रो चरणको चुनावमा जेठमा हुनेछ । तर, मिति भने निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तय गर्नेछ ।
प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार