रसुवामा विद्युत सेवा अवरुद्ध
रसुवा, वैशाख ९
रसुवाको चिलिमे र ग्राङबिचको ६६ केभी प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । प्रशारण लाइनको मुलखर्कस्थित ३७ नम्बरको टावरमा प्राविधिक समस्या आएपछि गोसाइकुण्ड गाउँपालिका र पार्वतीकुण्ड गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको हो ।
केन्द्रका प्रमुख सोवित वहादुर क्षेत्रीका अनुसार उक्त लाइनको मर्मत काठमाडौं ग्रिडले गर्नुपर्ने भएकाले शनिबार बेलुकासम्ममा विद्युत सेवा नियमित हुनेछ ।
प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार