डीपीएलमा उपाधिका लागि आज टिम चौराह धनगढी र विराटनगर किङ्स भिँड्दै


 


काठमाडौं, वैशाख ९

धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनलमा आज टिम चौराह धनगढी र विराटनगर किङ्स भिड्दैछन । खेल सेती अञ्चल प्रहरी कार्यालयको मैदान मा हुँदैछ ।

गएको बिहीबार भएको दोस्रो क्वालिफायरमा शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराएर चौराह फाइनल प्रवेश गरेको हो । यसअघि मंगलबार भएको पहिलो ‘प्ले अफ’ मा रूपन्देही च्यालेञ्जर्सलाई नै २९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्