अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास


 


काठमाण्डौ, वैशाख ९
संखुवासभामा अरुण नदी थुनिदा बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको स्थानीय अधिकारीले बताएका छन् ।
संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिएर बनेको तालबाट पानीको निकास भएकाले तत्कालका लागि जोखिमको अवस्था नरहेको हो ।

अरुण नदीको बहाब अहिले सामान्य छ । नदी थुनिएर बनेको तालबाट बिस्तारै पानीको निकास भइरहेको छ । तालबाट पानीको निकास तथा अरुण नदीको बहाब सामान्य भएपनि ताल एक्कासी फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।

यसको प्रभाव पर्न सक्ने भन्दै कोशी नदी आसपासको क्षेत्रका बासिन्दालाई पनि सचेत गराइएको तर अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन तर नआत्तिन आग्रह गरिएको उहाँको भनाई छ ।

प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्