आमिर खानको ‘दगंल’को चिनमा चर्चा
काठमाडौं, वैशाख ८
चिनिया बक्सर जु सिमिङ्ग र अमेरिकन बास्केट बल प्लेयर स्टेफन मार्बलले बलिवुड सिनेमा ‘दंगल’ हेरेर खुबै तारिफ गरेका छन् । जुले आफूलाई फिल्मको ट्रेलर एकदमै मन परेका कारण प्रिमियरमा आएको खुलाए ।
सिनेमा मन परेका कारण जु ले आमिरलाई चाईनीज भाषामा एक कविता पनि सुनाएका थिए । त्यस्तै दंगलको विशेष प्रचार कार्यक्रम अर्थात प्रिमियरमा मार्बलले आमिरलाई अटोग्राफ सहितको बास्केट बल दिए भने आमिरले पनि त्यसको बदलामा ‘दंगल’ टि–शर्ट उपहार दिए ।
आमिर खान सिनेमा निर्देशक नितेश तिवारीसँग चीन गएका हुन् । १६ अप्रिलमा दंगलको चिन प्रिमियर गरिएको थियो । चिनको बेन्जिङ्ग पछि उनीहरु सिनेमा प्रदर्शनको लागि साङ्घाई र छेक्डू पनि जाने छन् । दंगलले भारतीय बक्स अफिसमा ३ सय ८५ करोडको व्यापार गरेको थियो ।
प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार