राष्ट्रपति भण्डारी आज स्वदेश आउने


 


काठमाडाैं, वैशाख ८
भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ । हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी साँझ साढे ७ बजे काठमाडौं आईपुग्नुहुनेछ ।

उडिसाको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र राज्यका गर्भनर एस।सि जामिरले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको थियो । ५ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

औपचारीक भ्रमण सकाएर राष्ट्रपति भण्डारीले गुजरात र उडिसाका विभिन्न मन्दिरमा पुजा अर्चना गर्नुभएको हो ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्