प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी शुरू


 


काठमाडौँ, वैशाख ८

नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबारदेखि बृहत् पुस्तक प्रदर्शनी शुरू भएको छ । प्रदर्शनीको कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो ।

नववर्ष तथा प्रज्ञा–प्रतिष्ठानको हीरक महोत्सवको अवसरमा प्रदर्शनी आयोजना गरिएको बताउँदै कुलपतिले भन्नुभयो, ‘यस्ता प्रदर्शनीले पठन संस्कृतिको विकासमा टेवा पु¥याउँछन् ।

यसै कुरालाई मध्यनजर राख्दै प्रतिष्ठानले विभिन्न अवसरमा प्रदर्शनीको आयोजना गर्ने गरेको छ, यो प्रदर्शनी त्यसैको संस्करण हो ।’

प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्धारा प्रकाशित विभिन्न भाषाका शब्दकोश, भाषा, साहित्य, ललितकला, सङ्गीत, नाट्य, दर्शनशास्त्र, सामाजिकशास्त्र, संस्कृति, इतिहास, धर्मशास्त्र, विदेशी साहित्यको अनुवाद लगायतका विविध विधाका पुस्तक तथा नियमित प्रकाशनहरू राखिएका छन् ।

१५ दिनसम्म लगातार चल्ने प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको सदस्यसचिव प्रा.डा. जीवेन्द्र देव गिरीले बताउनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्