मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ८ विकेटले हरायो


 


काठमाडौं, वैशाख ८

इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा बिहीबार राति भएको खेलमा मुम्बई इण्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ८ विकेटले हराएको छ ।  यो सिजनको आइपिएलमा सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बईले २७ बल खेल्न बाँकी छँदै पञ्जावले दिएको १ सय ९९ रनको लक्ष्य भेट्टाएको हो ।

जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ खेल खेलेको मुम्बईको १० अंक रहेको छ । दोस्रोमा रहेको कोलकत्ताको ५ खेलमा ८ अंक रहेको छ ।  बिहीबारको खेलमा मुम्बईका पार्थिव पटेलले १८ बलमा ३७ रन, जस बटलरले ३७ बलमा ७७ रन र नितिश रानाले ३४ बलमा अविजित ६२ रन बनाए ।

पञ्जावका मोहित शर्मा र मार्कस स्टोइनिसले एक एक विकेट लिए ।  यसअघि टस हारेपछि पहिले व्याटिङ गर्न आएको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट जाँदा १ सय ९८ रन बनाएको थियो । पञ्जावका लागि ओपनर आएका हसिम अमलाले ६० बलमा अविजित १ सय ४ रन बनाएका थिए ।

यस्तै सौन मार्सले २१ बलमा २६ रन, ऋद्धिमन शाहले १५ बलमा ११ रन साथै ग्लेन म्याक्सवेलले १८ बलमा ४० रन बनाएका थिए । मुम्बईका मिचेल म्याक्लेनेगनले दुई साथै कुर्नाल पाण्डेयले जसप्रित बुम्राहले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: ८ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्