नवलपरासी र मकवानपुरमा एनसिएसएसको शाखा विस्तार


 


काठमाडाैं, बैशाख ७

नेपाली क्रिकेट समर्थक समाज ( एनसीएस ) ले नवलपरासी जिल्लामा आफ्नो शाखा बिस्तार गरेको छ । यसअघि ११ जिल्लामा जिल्ला समन्वय समिति बिस्तार गरिसकेको र २०७४ बैशाख २ गते १२ औ शाखा को रुपमा नवलपरासी जिल्लामा बिस्तार भएको हो ।

प्रकाश क्षेत्रीको संयाेजकत्वमा गठित नवलपरासी जिल्ला समन्वय समितीको सह संयोजकमा कृष्ण पौडेल छ्न भने सदस्यहरुमा नवीन गैरे , सुनिल गैरे ,सन्देश पान्डे ,सुनिल शर्मा र भिमु केसी रहेका छन।

यसैगरी एनसिएसएस केन्द्रिय समितीले नवलपरासीको सल्लाहकार टिममा अजय पौडेल, समीर पराजुली र सन्तोष प्यासीलाई चयन गरेको छ ।

यसैबिच मकवानपुर जिल्लामा समेत मकवानपुर समन्वय समिति घोषणा गरिएको नेपाली क्रिकेट समर्थक समाजका केन्द्रिय अध्यक्ष भानु सिग्देलले बताएका छन ।

समन्वय समितिको घोषणा गर्दै उनले क्यान निलम्बित भएको अवस्थामा अहिले आधिकारिक रुपमा रहेको संस्थाको बिस्तार हुँदै जानू नेपाली क्रिकेटको लागि सुखद पक्ष रहेको र अब जिल्ला जिल्लामा क्यान नभए पनि क्रीकेट गतिविधि नरोकिने बिश्वास ब्यक्त गरे।

मकवानपुर समितिमा संयोजक -मिलन रेग्मी तथा सह संयोजक – अरुण गौतम रहेका छन भने सदस्य हरुमा  निर्भय सिग्देल, मेहुल श्रेष्ठ , दिनेश आले, अर्जुन चौधरी, सुजन मल्ल,मिलन ढकाल र सिवानी बिडारी रहेका छन ।

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्