पहिराले पुरिएर चारको मृत्यु


 


रुपेन्द्र ऐडी
कालीकोट, वैशाख ७
स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।

घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो ।
अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताउनुभयो ।

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्