कांग्रेसको चुनावी सभा आज सकिँदै


 


झापा , बैशाख ५

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ दल नेपाली कांग्रेसले सुरु गरेको अभियान अन्तरगत आज एक नम्बर प्रदेशको झापामा सभा गर्ने तयारी गरेको छ ।

झापाको कमल गाउँ पालिकास्थित आदिवासी रंगाशालामा दिउँसो १ बजे सुरु हुने सभालाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने जनाएको छ ।

प्रदेश नम्बर सातको कैलालीबाट सुरु भएको चुनावी अभियान आजै समापन गर्ने कांग्रेसको तयारी छ । चुनावी सभा अन्तरगत कांग्रेसले कैलालीका साथै, दाङ, रुपन्देही पोखरा र हैडौडामा साभा गरेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको धारणा जनतामाझ पुर्याउने उदेश्यले सभा आयोजना गरेको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्