राष्ट्रपति भण्डारीले आज भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने


 


काठमाडौं, बैशाख ५

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीेले आज उच्चस्तरीय भेटघाट गर्दै छिन् । उनले आज समकक्षी भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेश मन्त्री सुषमा स्वराज र वित्तमन्त्री अरुण जेट्लीसँग भेट गर्नेछिन् ।

यसअघि सोमबार राष्ट्रपति भण्डारीले भारतीय नेताहरु राष्ट्रवादी कांग्रेसमा महासचिव डीपी त्रिपाठी, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्यूनिष्ट पार्टीका महासचिव सीताराम यचुरी तथा दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवाललगायतसँग भेटवार्ता गरकी थिइन् ।

भारतका राष्ट्रपति प्रणब मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुग्दा राष्ट्रपति भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा भने उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतले बिदाई गरेका थिए । उनले उडिसा र गुजरातको भ्रमण गर्ने कार्यक्रम पनि छ । भारत भ्रमण सकेर उनी बैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्