सँस्कृतिकर्मी चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन गरिँदै


 


काठमाडौं, वैशाख ५

सँस्कृतिकर्मी चेतन कार्कीलाई आज राष्ट्रिय अभिनन्दन गरिँदै छ । चलचित्र, संगीत तथा भाषा–साहित्यको क्षेत्रमा र्पुयाएको योगदानको कदर स्वरुप सँस्कृतिकर्मी कार्कीलाई राष्ट्रिय अभिनन्दन गर्न लागिएको सम्मान समितिका संयोजक साहित्यकार प्रकाश सायमीले जानकारी दिए । सँस्कृतिकर्मी कार्कीलाई नगद एक लाख रुपैयाँसहित अभिनन्दन गर्न लागिएको हो ।

सँस्कृतिकर्मी कार्कीले नेपाली भाषामा उपन्यास, लघु उपन्यास, गीत, कविता, गजलसहितका साहित्यका विभिन्न विधामा १० भन्दा धेरै पुस्तक लेखिसक्नु भएको छ । उहाँको परिचय शिक्षक, सरकारी कर्मचारी, गीतकार, चलचित्रका संवाद लेखक हुँदै निर्देशकसम्म बनेको हो । उहाँले निर्देशन गरेका चलचित्र विश्वास, भूमरी र पहिलो प्रेम हुन् ।

यी चलचित्रमा उहाँको संवाद, पटकथा र गीत पनि छ । यस्तै उहाँले टेलिभिजन श्रृँखला मनको आँखा पनि निर्देशन गर्नुभएको छ । उहाँले मनको बाँध, सिन्दुर, जीवन रेखासहितका चलचित्रमा संवाद लेख्नुभएको छ । २०२२ सालमा चलचित्र विश्वासबाट निर्देशन सुरु गुर्नभएका उहाँले लेखेका धेरै गीत लोकप्रिय बनेका छन् ।

उहाँले परिवर्तन चलचित्रका लागि लेखेको बैनिको दया छ भने, कान्छीका लागि लेखेको कान्छी हे कान्छी र यी ओठ तिम्रा, माया पिरतिका लागि लेखेको माया पिरतीको चोखो कथा, कन्या दानका लागि लेखेकोको तिजको रहर आयो बरिलैसहितका गीत चर्चित छन् ।

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्