नरोक्ने भयो उत्तर कोरियाले परमाणु परीक्षणको कार्य


 


काठमाण्डौ, वैशाख ५

उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तराता दिने चेतावनी दिएको छ । उत्तर कोरियाका एक उच्च अधिकारीले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताएको बिबिसीले जनाएको छ ।

उत्तर कोरियाले पछिल्लो समय परमाणु तथा मिसाइल परीक्षण गर्दै आएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । तर उसले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले आफ्नो देशले साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मिसाइल परीक्षणलाई निरन्तरता दिने बताउनुभएको बिबिसीले जनाएको छ । अमेरिकाले सैन्य गतिविधि गरेमा कुनै पनि बेला युद्ध सुरु गर्न आफ्नो देश तयार रहेको उहाँको भनाई छ ।

त्यसअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियालाई आफूहरुको परीक्षण नगर्न भन्दै चेतावनी दिनुभएको थियो । उत्तर कोरियाको रणनीतिक सहनशिलताको समय सकिएको भन्दै उपविदेश मन्त्री हान साङ रयोलले अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टिका बाबजुद परमाणु परीक्षण नरोक्ने बताउनुभयो ।

उत्तर कोरियाको परमाणु कार्यक्रमले कोरियाली प्रायद्विपमा तनाव बढेको छ । अमेरिकाले त्यस क्षेत्रमा नौसेनाको युद्ध तोप टुकडी तैनाथ गरेपछि तथा तनाव बढ्दै गएको छ ।

प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्