राष्ट्रपति भण्डारी आज भारत जाँदै , जाँदा आउँदा सार्वजनिक बिदा


 


काठमाडौँ, वैशाख ४

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित आज भारतको राजकीय भ्रमणमा जाँदैछिन् । भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारीले पहिलो विदेश भ्रमणका रूपमा छिमेकी भारतको पाँचदिने भ्रमण जान लागेकि हुन ।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव, सांसदहरू किरण यादव, उषा शाह, सीता नेपाली, पूर्व राज्यमन्त्री र पूर्व सांसदलगायत रहेका छन ।

भ्रमण टोलीमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका १५ कर्मचारी पनि सहभागी हुनेछन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतमा रहँदा राष्ट्रपति भण्डारी विभिन्न स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँ गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ ।

भण्डारी  आज दिल्ली पुगेपछि होटल ताजमान सिंहमा नेपाली राजदूत दिपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।  सरकारले राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने दिन आज र आउने दुवै दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति आगामि वैशाख ८ गते स्वदेश फर्कनुहुनेछ ।

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्