टर्कीः राष्ट्रिपतिको शक्ति बढाउने जनमत संग्रहमा एर्डोगान विजयी


 


काठमाडौं, बैशाख ४

टर्कीमा राष्ट्रपति प्रणाली लागु गर्ने या संसदीय पद्धती कायम गर्ने भन्ने विषयमा भएको जनमत संग्रहमा राष्ट्रपति रेसेप तैयप एर्डोगान विजयी हुनु भएको छ । एर्डोगान राष्ट्रपति प्रणालीको  पक्षमा हुनुहुन्छ ।

जित सँगै उहाँ अब सन् २०२९ सम्म राष्ट्रपति पदमा रहन सक्ने विविसीले जनाएको छ । जनमत संग्रहको झण्डै ९९ दशमलव ४५ प्रतिशत मतगणनामा ५१ दशमलव ३७ प्रतिशतले राष्ट्रपति प्रणालीको पक्षमा मत दिएका छन् ।

राष्ट्रपति प्रणालीले प्रधानमन्त्रीको जिम्मेवारी राष्ट्रपतिको हातमा जाने छ भने मन्त्री नियुक्त गर्न, नयाँ आदेश ल्याउन, न्यायाधीश नियुक्त र संसद भंग गर्न एकलौटी अधिकार हुन्छ ।

राष्ट्रपतिका समर्थकहरुले कार्यकारी राष्ट्रपतिको व्यवस्थाले देश आधुनिकिकरणतर्फ जाने बताएका छन् । तर विपक्षीहरुले भने यसलाई निरंकुशतालाई बढावा मिल्ने भन्दै आलोचना गरेका छन्  ।

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्