पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हरायो


 


काठमाडौं, बैशाख ४

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा राइजिङ पुणे सुपरजाइण्ट विजयी भएको छ । पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हराएको हो ।

१ सय ६२ रनको लक्ष्य पाएको बैंग्लोरलाई १ सय ३४ रनमा रोक्दै पुणे विजयी भएको हो । बैंग्लोरका एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि हार टार्न सकेनन् ।

पुणेका बेन स्टोक्स र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

उसका राहुल त्रिपाठीले ३१, अजिन्क्या रहानेले ३०, महेन्द्रसिंह धोनीले २८ तथा स्टेभेन स्मिथ र मनोज तिवारीले समान २७ रन बनाएका थिए । तिवारीले ११ बलमा ३ चौका र २ छक्का सहित २७ रन जोडेका थिए ।

पाँच खेलमा बैंग्लोरको यो चौथो हार हो । दुई अंकसहित बैंगोल पुछारमा छ । पाँच खेलबाट चार अंकसहित पुणे छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ४ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्