नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य तालिम काठमाडौंमा सुरु


 


काठमाडौं, वैशाख ३

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।‘सगरमाथा फ्रेन्डसीप’ नाम दिइएको विशेष फौजको दुई देशको संयुक्त तालिम महाराजगन्जस्थित सैनिक ब्यारेकमा सुरु भएको हो ।

यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतंकवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध थप मजबुत् हुने विश्वास लिइएको जनाइएको छ ।

तालिमको शुभारम्भ कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृत, नेपालका लागि चिनियाँ सैनिक सहचारी र दुबै देशका संयुक्त सैन्य तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ३ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्