राष्ट्रपतिको भारत भ्रमणः सरकारद्वारा भोलि सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं, वैशाख ३
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार (भोलि) भारतको राजकीय भ्रमणमा जाँदैछिन् । यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण अनुमोदन गर्दै सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।
यस्तै, राष्ट्रपति भण्डारी स्वदेश फर्कने दिन वैशाख ८ गते पनि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
प्रकाशित मिति: ३ बैशाख २०७४, आइतबार